साझा कथा । कर्णाली प्रदेशको माथिल्लो भेगमा भारी हिमपात सुरु भएको छ । मंगलबार विहान ५ बजेदेखि जुम्लामा भारी हिमपात भइरहेको छ । हिउँ परेसँगै जुम्लाका विभिन्न भाग सेताम्मे भएका छन् । हिउँका कारण चिसो बढेपछि कतिपयको जनजीवन प्रभावित भएको छ भने केही स्थानीयहरु रमाएका छन् । यो बर्षको पहिलो हिउँपरेपछि किसानहरु भने खुशी भएका छन् । लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई हिमपात भएपछि गहूँ र अन्य बालीमा राहत पुगेको छ ।
जुम्ला मात्रै होइन, कर्णालीका हुम्ला, बाजुरा, मुगु, डोल्पा लगायतका क्षेत्रमा पनि मध्यम बर्षासँगै हिमपात सुरु भएको हो ।
तस्बिर: अविनाश लामा र अमृत बुढाथोकी मगर
तपाईलाई केहि भन्नु छ ?