बाजुरामा भूकम्पले दर्जन बढी घर भत्कायो, १ को मृत्यु पुष्टि

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । जंगलमा घाँस काट्न गएको बेला भूकम्प गएपछि माथीबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका–२ को जुरेलीकी जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पका कारण दर्जन बढी घरमा क्षति पनि भएको छ । स्थानीयका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका हुन् ।

बाजुराको मेला केन्द्र बिन्दु भएर आज दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

सुदुरपश्चिमका धेरै जिल्लामा भूकम्पको धक्का महसुस भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन् । गत कार्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्युु भएको थियो ।

पश्चिम नेपालमा शक्तिशाली भूकम्प नगएको ५०० बर्ष भन्दा बढी भइसकेको र त्यहि कारण पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् ।

तस्बिरः रेडियो पौरखी, बाजुरा ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?