गृहमन्त्री लामिछानेले भेटे आचार्य परिवार

साझा कथा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गरेका छन् ।

इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई उद्धार गरि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

आज दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर सान्त्वना दिएका हुन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?