बालेनको बडप्पन

Featured Video Play Icon

साझा कथा व्रिफिङ

उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हाँगो ननुगेको कहाँ छ र ?
वर्तमान नेपाली समाजमा कवि शिरोमणी लेखनाथ पौड्यालले खोजेको गुणी व्यक्ति धेरै कम नै छन् भन्ने कुरामा कसैको विमति नहोला । हरेक क्षेत्रमा व्यक्तिवादी सोँच र स्वार्थकेन्द्रित कार्यशैलीले नेपाली समाज गाँजिन थालेको धेरै भइसक्यो । अरुलाई गुण लगाउन र फलेको वृक्ष झैँ नुग्नका लागि ठूलो छाती चाहिन्छ । त्यो छाती सबैमा हुँदैन, हुनुपर्छ भन्ने पनि छैन । उचाइमा पुगेपछि कुनैदिन फेँदमा फर्कनुपर्छ भन्ने हेक्का नहुनु चाँहि विडम्बना हो । सामान्य इन्जिनियर र ¥याप गायक बालेन्द्र शाह उर्फ बालेन शाह स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेसँगै एकाएक चर्चा चुलिन थाल्यो । जीतपछि त उनको लोकप्रियता शिखरमै पुग्यो । आजकल भने उनको लोकप्रियताको ग्राफ घट्दो क्रममा छ ।

बालेन शाह फलेको वृक्ष हुन्, उनी झुक्न जान्नुपर्छ । उनका वरिपरि रहेका व्यक्तिहरु र उनी स्वयंले यसलाई गम्भीरतापूर्वक लिउँन्, अबका दिनमा बडप्पन नदेखाउन् । हुन त उनलाई शंकाको लाभ दिनेहरु पनि छन् । समयका हिसाबले काम देखाउने बेला भइनसकेको पनि हुन सक्छ । तर एउटा स्पष्ट कुरा के हो भने आलोचकहरुको टिप्पणी सहन गर्न नसक्ने राजनीतिज्ञ हुन सक्दैन । यो कार्यकाल उनको लागि पहिलो र अन्तिम हो भने त भन्नु केही छैन तर राजनीतिको लामो यात्रामा निस्कने हो भने उनले आफूलाई सच्याउन जरुरी छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?