“काठमाडौंको सम्पदा जोगाउने दायित्व हाम्रै हो”

साझा कथा । महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्न युवा पुस्ताको दायित्व भएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै बालेनले यस्तो बताए ।

उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताउदै युवा पुस्ताले सांस्कृतिक सम्पदाहरुको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरु लोप हुँदै जाने समेत बताए । उनले काठमाडौं उपत्यकावासीहरुले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गरे । उनले भने, ‘हाम्रो सभ्यता र सम्पदा जोगाउनका लागि हाम्रो पुस्ता अन्तिम हो की जस्तो लाग्छ । हामीले अब जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने बिस्तारै अब आउने दिनहरुमा अझै गाह्रो हुनसक्छ । काठमाडौं उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजाहरुको सभ्यता, सम्पदा जोगाउने कार्यमा महानगरले सहयोग गर्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?