निलम्बनमा परेका क्रिकेटर लामिछाने टिममा फर्कदै !

साझा कथा। बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछाने तत्काल खेल जीवनमा फर्कने-नफर्कने बहश चलिरहेको अवस्थामा आज नेपाल क्रिकेट संघ क्यानले पत्रकार सम्मेलनको आयोजना गर्यो ।
काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् । ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ’ चन्दले भने, ‘हामी छिट्टै एउटा निर्णमा पुग्छौं ।’
बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?