प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

साझा कथा । इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय माथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
मन्त्रालयले सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहेका छन् ।
आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्नेगरी समितिलाई कार्यादेश दिएको गृह मन्त्रालयले जनाएको छ ।
आचार्यले आफूमाथि भएको अन्याय सामाजिक सञ्जालमा पोख्दै बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । आगोलागीमा परी उनको निधन भएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?