साझा कथा । गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरिएको अदालतले जनाएको छ।
उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
तपाईलाई केहि भन्नु छ ?