क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

साझा कथा । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सर्वोच्चको सिद्धान्त, प्रतिवादनका हिसाबले त्रुटीपूर्ण रहेका कारण त्यसलाई सच्याउन माग गर्दै निवेदन दिएको जानकारी दिए ।

‘‘आज सर्वोच्चमा निवेदन दर्ता गरेका छौं । थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा धरौटीमा रिहा गरिएकाले थुनामै राखी पुर्पक्ष गर्नुपर्ने मागसहित पाटनको आदेशविरुद्ध निवेदन दर्ता गरेका हौं ।,’’ प्रवक्ता रेग्मीले भने ।

क्रिकेटर लामिछानेलाई एक नाबालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले पुस २९ गते जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?