अपाङ्गता भएका व्यक्ति पनि छोडेन बालेन प्रहरीले

साझा कथा । सडक व्यापारी र अवैध संरचनाप्रति कठोर बनेको काठमाडौं महानगरपालिका कतिपय सवालमा भने निर्मम र असंवेदनशील देखिने गरेको छ । दैनिक गुजारा चलाउन काठमाडौंका सडकमा व्यापार व्यवसाय गर्ने निम्नवर्गीय माथी कठोर बनेका मेयर बालेन शाह अमानवीय व्यवहार गर्ने महानगर प्रहरीका क्रियाकलाप चुपचाप हेरिरहेका छन् । महानगर प्रहरीले सामान्य मानवीय संवेदना समेत ख्याल नगरी सामान खोस्ने, फुटाउने र लछारपछार गर्ने जुन शैली देखाइरहेको छ, त्यसले बालेनको आलोचना बढिरहेको छ ।

शहरका सडक, त्यसमाथी राजधानीका सडकमा व्यापार व्यवसाय गर्नु आफैँमा वैधानिक काम त होइन । सडकमा हिड्नेहरुको अधिकार रहन्छ, त्यसैले व्यापार गर्नेहरुलाई हटाउनु त स्वभाविकै हो तर हटाउँदा व्यवस्थापनको पक्षमा भने महानगर चुकिरहेको छ । र सामान्य मानवीयता देखाउनुपर्ने सवालमा पनि महानगरले ध्यान पुर्याइरहेको छैन । बुधबार मात्रै काठमाडौं महानगरपालिकाले ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगर प्रहरीले काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्तिलाई पक्राउ गरी गाडीमा राखेको तस्बिर भाइरल भइरहेको छ । यसले मेयर बालेन र महानगर प्रहरी थप आलोचनाको शिकार भइरहेको छ । मेयर बालेन शाहका व्यक्तिगत व्यवहार, कार्यशैलीले उनलाई विवादमा तानिरहेको छ भने करणी र कथनीबीच तादम्यता नहुँदा उनको व्यापक आलोचना भइरहेको छ ।

महानगरले सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न रोक लगाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?