मानवनिर्मित जलाशयहरु बरदान साबित

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

साझा कथा । दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको योजनामा ७ बर्षमा ४३ मानवनिर्मित जलाशय निर्माण भएपछि स्थानीयका लागि बरदान साबित भएको छ । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र सङ्घीय सरकारको करिब २० करोड २१ लाखको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् । बढ्दो जनसङ्ख्यासँगै पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई सकारात्मक प्रयासका रुपमा लिइएको छ ।

घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन् । वडागत रुपमा सबैभन्दा धेरै जलाशय वडा नं १७ मा निर्माण गरिएका छन् । उक्त वडामा आठ जलाशय बनेका छन् । वडा नं १ मा चरिङ्गे, भोटे, चेपे, गवरे र चुरे जलाशयमा जलाशय बनाइएका छन् ।

त्यसैगरी वडा नं २ मा चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ । चेपे जलाशय सुुर्केडाँगी, बाहुुनटारी, राइटारीलगायतका ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउँछन् ।

जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । सुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि स्थानीयको दैनिकीमा समेत परिर्वतन तथा रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको उपमहानगरकाले जनाएको छ ।

उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको हो । निर्माण गरिएका जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउँछन् ।

जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन् । जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?