साझा कथा । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको गुनासो गरेकी छन् । बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै रानाले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको गुनासो गरिन् ।
आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको उनको भनाई थियो ।उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताउँदै उनले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन् ।
सांसदहरु काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने चेतावनी दिँदै उनले भनिन्, ‘मैले केही गाउँहरु भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरुका लागि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुराहरुमा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्नेकुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु ।”
उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताइन् ।