राजेश हमाल भन्छन्, “म कहिल्यै बुढो हुँदिन”

साझा कथा । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए ।

आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको जानकारी गराउँदै हमालले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए । सो अवसरमा उनले आफ्नो गीत आएर सुनाएका थिए ।

कलाकार जितु नेपालको चलचित्र ह्यारी की प्यारी अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टा गरे । त्यस्तै कार्यक्रममा अभिनेता जितु नेपालले शुक्रवारबाट चलचित्र ह्यारी की प्यारी हलहरुमा प्रदर्शन हुने भन्दै चलचत्रिमा आफू र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको प्रेम कहानीको उत्तारचढाव रहेकाले सबेले हेरेर साथ दिन आग्रह गरे ।

गीतमा यश कुमार र मेचु धिमालको स्वर रहेको छ भने भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतानी लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?