को बन्ला राष्ट्रिय सभा उपाध्यक्ष ?

साझा कथा । आइतबार राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म रहेको संसद सचिवालयले जनाएको छ ।

सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आजसम्म पनि उम्मेदवार टुंगो लगाएको छैन । राष्ट्रिय सभा उपाध्यक्षको पदको उम्मेदवार चयन गर्न नेपाली काँग्रेससहितका विपक्षी दलहरुको बैठक बस्दैछ ।

बैठकले विपक्षी दलहरुबाट साझा उम्मेदवार चयन गर्नेछ । शनिवार बसेको विपक्षी दलहरुको बैठकमा पनि सो विषयमा छलफल भएको थियो । यद्यपी उम्मेदवारको टुंगो भने अझै लाग्न सकेको छैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?