सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको सुन्दर ठाउँ मध्यको एक अती सुन्दर ठाउँ रामारोशन क्षेत्र रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन । प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ ।
महादेव र पार्वतीको वासस्थानका रूपले चिनिने यो क्षेत्रमा प्राचीन समयमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे । उनीहरू यही बसेर गाई,बाख्रा पाल्ने गर्थे। एक दिन रमा र रोशन दुवै गोरु बाध्ने छानाबाट बेलुका अध्यारो भइसकेको बेला घर फर्कि रहेका थिए । बाटोमा एउटा ठुलो राक्षस कराई राखेको थियो । जून अतिनै भयानक र हिंस्रक थियो र भेट्यो भने मान्छे मारेर खान्थ्यो र मानिसहरूलाई सधैजसो दुःख दिई राखथ्यो । सो राक्षसको आवाज सुनी डरले काप्न थाले र छिटोछिटो उनीहरू माथी शिव र पार्वती बस्ने ठाउँ गए र राक्षस पछाडि उनीहरूलाई पच्छायाउदै थियो।
उनिहरूले शिव पार्वतीको धेरै ठूलो पुकार गरे र जसबाट प्रसन्न भै महादेव प्रकट भए र रमा,रोशनलाई किन मलाई पुकारेको मनुष्य भनेर सोध्य।महादेवलाइ देखेर रमा र रोशन खुसी भए र हाम्रो ज्यान खतरामा छ,एउटा राक्षसले हामीलाई पच्छायाउदै छ। हजुरले हामि लाई बचाई दिनु पर्योू भनेर बिन्ति गरे । सो बिन्ति सुनी महादेवले प्रसन्नभै सो राक्षसलाई समाती ठुलो फलामको डोरीले ठुलो चउरमा बाधि दिए र त्यसचौरमा पानी भरी दिए । जसले गर्दा त्यो राक्षस हलचल गर्न पाएन र रमा र रोशनले सदाका लागि सो राक्षसबाट मुक्ति पाए र कालान्तरमा सो ठाऊँ रमारोशन भनेर चिनिन थाल्यो ।
Photo : रवि बम