टर्कीमा ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्प, २ सय बढीको मृत्यु

साझा कथा । दक्षिणपूर्वी टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ सय जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७ दशमलव ९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५ सय १६ जना घाइते भएका छन् भने २ सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।
यसअघि एक स्थानीय अस्पतालले एएफपीलाई टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।
भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा महशुस गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?