राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

साझा कथा ।  नेकपा माओवादी केन्द्रकी नेतृ तथा राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि नेपाली काँग्रेसले उमेदवार खडा नगरेपछि अर्याल निर्विरोध निर्वाचित भएकी हुन् । अर्याल सत्ता गठबन्धनको तर्फबाट उमेदवार थिइन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रश्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

अर्यालको राजनैतिक करियर नेकपा एमालेबाट सुरु भएपनि केही बर्षअघि उनी माओवादी प्रवेश गरेकी थिइन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?