साझा कथा । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाटै लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँले बढाएको हो । नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाएको छैन । जस अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८ सय रूपैयाँ छ भने हवाइ इन्धन (आन्तरिक)को प्रतिलिटर १७० रूपैयाँ रहेको छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको बताएको छ ।
तपाईलाई केहि भन्नु छ ?