शेयर बजारमा उछाल, एकैदिन ७६ अंकको वृद्धि

साझा कथा । केहि दिन यता सुस्ताइरहेको शेयर बजारमा मंगलबार उछाल आएको छ । आज ७६.६४ अंकको उच्च वृद्धि गर्दै नेप्से परिसूचक २१७७.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १२।८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४२ अंक बढेको छ।

मंगलबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब साढे १ अर्बको कारोबार भएको बजारमा यस दिन २६० स्टकको ५९ हजार ९२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको ९३ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

५ कम्पनीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। यस दिन वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी, आदर्श लघुवित्त र रिडी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन ग्रीन भेन्चर्स, ङादी ग्रुप, किसान लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६।२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?