मन्त्रालयहरुका योजनाको एकीकृत रुप, डेलिभरीमा सुधार हुने दाबी

साझा कथा । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रालयहरुले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रपिरिषद् कार्यालयमा बसेको बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरुले बनाएको कार्ययोजनालाई एकीकृत रुप दिएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई आफ्नो आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्युनतम साझा कार्यक्रमलाई कार्यान्वन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम सबै मन्त्रालयहरुले आफ्नो आफ्नो कार्ययोजना प्रश्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एकीकृत रुप दिएको बताइन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत उनले बताइन् । एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताइएको छ ।

मन्त्री पौड्यालले भनिन्, “अहिलेको सरकारले न्युनतम साझा कार्यक्रम जुन प्रस्तुत गरेको थियो, त्यसमा प्रतिवद्धता गरिएका विषयवस्तुहरु जुन छ, त्यसलाई कसरी कार्यान्वयनमा लैजाने, कार्यान्वयनमा लैजानका लागि त्यसमा त अब नतिजा दिइएको छ, कार्यान्व्यन गरेर मात्रै नतिजा आउने हो, त्यो कार्यक्रमहरु के हुन सक्छन् र कसरी नतिजा दिने भन्ने विषयमा कार्ययोजना बनाउन लगाइएको थियो, त्यो सबै मन्त्रालयले बनाएर पठाउनुभएको थियो, मन्त्रालय मन्त्रालय स्तरको कार्ययोजनालाई एक ठाउँमा एकीकृत रुप दिइएको हो ।”

नेपालको प्रशासन प्रक्रिया झन्झटिलो भएको गुनासो छ । झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा सुधार गर्नका लागि सरकारले योजनाको एकीकृत रुप दिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?