टर्की भूकम्पमा परी ४३०० बढीको मृत्यु

टर्कीमा सोमबार विहान गएको भूकम्पका कारण अहिलेसम्म ४ हजार ३०० जनाको निधन भएको छ । टर्कीको गाजियनटेप केन्द्रविन्दु बनाएर आएको भुकम्पका कारण १७ हजार भन्दा धेरै घाइते भएका छन् । ७.८ म्याग्निच्युडको उक्त भुकम्पका कारण ठुलो मानविय तथा भौतिक क्षति भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

भुकम्प भएको ३० घण्टा भन्दा बढि भइसक्दा पनि शव भेटिने क्रम जारी रहेको छ । उद्दार कार्य पनि जारी छ । विश्वका विभिन्न राष्ट्रहरुले आफ्नो खोज उद्दार टोली टर्की र सिरिया पठाएका छन् ।

टर्की र सिरियामा तीन ठुला भुकम्प आएपछि धेरै क्षति भएको हो । सोमबार बिहान ७।८ म्याग्निच्युडको करिब चार बजे, दोश्रो भुकम्प ७।६ म्याग्निच्युडको करिब १० बजे र तेश्रो ६ म्याग्निच्युडको दिउँसो ३ बजे आएको थियो । यसबाहेक २४३ पराकम्पको महसुस गरिएको थियो । यी भुकम्प ४ देखि ५ म्याग्निच्युडको रहेको बताइएको छ । दुई देशमा गरी ४ हजार ३०० जनाको निधन भएको छ । टर्कीमा २ हजार ९२१ जनाको ज्यान जाँदा १५ हजारभन्दा धेरै मानिसहरु घाइते भएका छन् । यसैगरी, सिरियामा एक हजार ४४४ मानिसहरुको मृत्यु हुँदा २ हजार भन्दा धेरै घाइते भएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?