साझा कथा । बंगलादेशमा जारी साफ यू–२० वुमेन्स च्याम्पियनसिपमा नेपालले फाइनल यात्रा तय गरेको छ । मंगलबार भएको खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्यो ।
भारतका लागि भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् । कप्तान प्रितिले भने पेनाल्टीबाट गोल गरेकी हुन् । यो जितपछि नेपालको तीन खेलबाट छ अंक भएको छ । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्नका लागि भुटान र बंगलादेशबीच हुने सेमि फाइनलको अर्को खेलमा भुटानले जित्नुपर्नेछ । तर भुटानभन्दा बंगलादेश धेरै गुणा बलियो टिम हो ।
नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।