आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै नायिका करिश्मा मानन्धन साइबर व्युरो पुगेकी छन् । रास्वपाका सभापति रवि लामिछानेसँग नाम जोडिएपछि अभिनेत्री मानन्धरले साईवर ब्युरोमा उजुरी दिएकी छन् । युट्युबमा अन्तर्वार्ता दिएर चर्चा कमाइरहेका डिल्लीराम खनालविरुद्ध उजुरी गर्न उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेकी हुन् ।
एक युट्युब च्यानलमा खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग जोडेर करिश्माको बारेमा एक युट्युब च्यानलमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त युट्युब च्यानलविरुद्ध पनि प्रेस काउन्सिलमा उजुरी दिने करिश्माले बताएकी छन् । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।
‘उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहें । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु’ करिश्माले लेखेकी छन्– ‘हेरौं नेपालको कानून कत्तिको बलियो रहेछ।’ आफू हिन्दू भएको र लिभिङ टुगेदरमा विश्वास नै नगर्ने पनि उनले उल्लेख गरेकी छन् । ‘म मेरो संसारमा खुशी छु’, उनले प्रष्टोक्ति दिएकी छन् ।