Ad Banner

अन्तिम २० मिनेटमा उल्टियो मार्केट

साझा कथा । मंगलबार उच्च अंकको वृद्धि चुमेको शेयर बजारले विहिबार सामान्य सुधार गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम समयमा खरिद चाप बढ्दा शेयर बजार सकारात्मक लयमा फर्किएको छ । सुरुवाती समयमा नकारात्मक देखिएको बजार अन्तिममा भने १२ दशमलब ४५ अंकले बढेको छ ।

दोहोरो अंकको सामान्य सुधार हुँदा बजार २१८२.६३ विन्दुमा पुगेको छ । आजा २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ ।

मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा सकारात्मक आउने अपेक्षामा लगानीकर्ता देखिएकाले कारोबार समयको अन्तिम २० मिनेट अवधिमा नेप्से परिसूचक १२ अंकले बढेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा शुक्रवार सार्वजनिक गर्दै छ । उक्त समीक्षाले ब्याजदर घटाउनुका साथै शेयरसँग सम्बन्धित अवरोधका व्यवस्थाहरूमा सुधार गरेमा दीर्घकालीन रूपमा बजार अघि बढ्न सहयोग पुग्ने जानकारहरू बताउँछन् ।

यो पढ्नु भयो ?