के हो अटिजम ? बच्चाहरुलाई कसरी जोगाउने ?

बच्चा जन्मिएपछि विस्तारै शरीरिक तथा मानसिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिँडडुल गर्ने, संवाद गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, सामाजिक व्यवहारहरु सिक्दै जाने बच्चाको सामान्य विकासक्रम हो ।

बच्चा समाजमा घुलमिल हुन सक्दैन, साथी बनाउन सकेको छैन, बच्चा एकोहोरो हुने, एउटै खाले काम गरिराख्ने, नयाँ वातवरणमा घुलमिल हुन नसक्ने जस्ता लक्षण देखिएमा अटिजम भएको हुन सक्ने चिकित्सक बताउँछन् ।

कान्ति बालअस्पतालको बाल मनोरोग विभागमा ४० देखि ५० प्रतिशत विकाससम्बन्धी समस्या भएका बालबालिका आउने गर्दछन् । त्यसमा सय जनामा ७ देखि ८ जना बालबालिका अटिजमको लक्षण लिएर आउने अस्पतालले जनाएको छ ।

अटिजम भनेको के हो ?

बाल मनोचिकित्सक डा. उत्कर्ष कार्कीका अनुसार अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर अर्था विकास सम्बन्धी समस्या हो । १८ महिनादेखि दुई वर्षसम्म यसका लक्षणहरु देखिने गर्दछन् । ६ वर्ष मुनीका बच्चामा यो समस्या पहिचान गर्न सकिन्छ ।

सामान्य बच्चामा आँखा जुधाउने, बोल्दा फर्किएर हेर्ने, मान्छे वरीपरी भएरनभएको महसुस गर्ने, अमौखिक हाउभाउ जस्तै वाइवाई, नमस्ते नगर्ने, केही चाहियो भने औँलाले देखाउने र आमाबुबाको मुखतिर हेर्ने गर्छन् । कार्कीका अनुसार यस्ता अमौखिक हाउभाउ एक वर्ष देखि डेढ वर्ष भित्र हुनुपर्छ । बच्चाले सोही समय अवधिमा अमौखिक हाउभाउ देखाउँदैनन्, अटिजम वातवरण र वंशाणुगत कारणले हुने गर्छ ।

पछिल्लो समय मोबाइल, टिभि लामो समयसम्म समय बिताउने बच्चाहरुमा पनि अटिजमका लक्षण देखिने सक्ने चिकित्सकहरुको भनाई छ । गर्भवति अवस्थामा छारेरोग औषधि खाएको छ, मधुमेह भएको छ भने, बच्चा जन्मिदा समय अगावै जन्मियो वा श्वासप्रश्वास समस्या आएमा बच्चामा इन्फेक्सन भयो भने अटिजमको जोखिम हुने डा. कार्कीको भनाई छ ।

लक्षण अटिजम भएका ९० प्रतिशत बालबलिकामा बोली र भाषाको विकासमा ढिला हुने गर्छ । ६ महिनाको बच्चा यदि हाँसेन, अनुहारमा हेरेन, एक वर्षको उमेरमा बाबा, आमा, मामा भनेन वा, वाइवाइ गर्ने, औँलाले देखाएर बताउन सकेन भने र १८ महिनाको उमेरमा एउटा शब्द भन्न सकेन भने र २४ महिनाको उमेरमा दुईटा शब्द जोडेर भन्न सकेन भने अटिजम भएको शंका गर्न चिकित्सकको सुझाव छ ।

अटिजम भएका बच्चाहरुलाई देखिने प्रमुख लक्षणहरुमा समाजिक अन्तर्क्रिया र सम्वादमा समस्या आउने वा अन्य बच्चाको तुलनामा ढिला हुने र एउटै व्यवहार वा रुचि पटक पटक गर्ने, आफ्नै उमेर समूहको बालबालिकासँग खेल्न वास्ता नगर्ने, एउटै काम पटक पटक गर्ने, हात हल्लाउने, गुड्ने कुरा जस्तै गाडीको पाङ्ग्रा चलाउने, पंखा हेरेर टोलाउने, पेन भेट्यो भने पेनलाई घुमाइरहने जस्ता क्रियाकलाप गर्न मन पराउने गर्दछन् ।

यस्ता बच्चामा कुकरको सिठी, गार्डीको हर्नको आवजले दैनिकीमा नै समस्या निम्त्याएर गर्छ । कुनै अटिजम भएका बच्चालाई ठूलो आवाजले पनि कुनै फरक गर्दैन । उनीहरुमा खानामा पनि समस्या आउने गर्छ छ । अटिजम भएका बच्चाहरु आफ्नै सुरमा खेल्न मन पराउँछन्, एकोहोरो हुने गर्दछन्, उनीहरुले आफ्नो छुटै रुटिन बनाएका हुन्छन् यदि त्यो रुटिनमा अवरोध भएमा उनीहरुलाई निकै गाह्रो हुने भएकाले रुने, चिच्याउने, कराउने गर्दछन् ।

पहिचान

अटिजम अभिभावकसँग कुरा गरेर, बालबालिकाको व्यवहार हेरेर उनीहरुसँग अन्तर्क्रिया गरेर समस्याको पहिचान हुने चिकित्सक बताउँछन् । कति पय बच्चामा मिर्गी हुने, बेहोस हुने, लक्षणहरू देखिने गर्छ यस्ता अवस्थामा सिटी स्क्यान, ब्रेनको तारवाला जाँच गरेर समस्याको पहिचान गर्न सकिन्छ ।

उपचार

आफ्नो बच्चालाई अटिजमको लक्षण देखिएमा तुरुन्त नजिकैको बालरोग विशेषज्ञलाई भेट्न डा कार्कीको सुझाव छ । कतिपय अटिजमको उपचार नहुन पनि सक्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?