पूर्वमन्त्री श्रेष्ठलाई मातृशोक

साझा कथा। पूर्व मन्त्री रामकुमार श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा कृष्णकुमारी श्रेष्ठको एक सय एक वर्षको उमेरमा आज असामयिक निधन भएको हो ।
रामकुमार श्रेष्ठ खिलराज रेग्मी प्रधानमन्त्री हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र शान्ति मन्त्रालय गरि ३ मन्त्रालयको मन्त्री भइसकेका छन् ।
“आमा साँझ खाना खाएर सुत्नु भएको हो । राति ३ बजे शौचालय गएर पुनः सुत्नुभयो ।” कान्छा छोरा राजेन्द्र श्रेष्ठले भन्नुभयो “आमालाई विहान ६ बजे बोलाउन जाँदा वेहोस अवस्थामा हुनुहुन्थ्यो । त्यसपछि तत्कालै ग्रिनसिटी अस्पतालमा लैजाँदा अस्पतालले विहान ५:३० बजे नै निधन भएको घोषणा गर्यो ।”

स्वर्गीय कृष्णकुमारी श्रेष्ठको तीन भाइ छोरा र दुई बहिनी छोरी छन् । पूर्वमन्त्री रामकुमार श्रेष्ठ, डा. कृष्णकुमार श्रेष्ठ, ज्वाला श्रेष्ठ, अन्जना श्रेष्ठ र राजेन्द्रकुमार श्रेष्ठ । उनिहरु सबै हाल काठमाडौंमै छन् ।
स्वर्गीय श्रेष्ठको शव १२ बजेसम्म श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मन्त्री श्रेष्ठ गोरखा जिल्ला, आरूघाट गाउँपालिका वडा ९, आरूघाट स्थायी निवासी हुन भने हाल सबै परिवार काठमाडौं सामाखुशीमा बस्दै आएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?