गरिखाने वातावरण नभएको भन्दै व्यवसायीहरु आन्दोलनमा

साझा कथा । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए ।

व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् । सयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए । समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको छ ।

फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने कटवालको भनाई छ । फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने र त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी उनले दिए ।

उनले सरकारलाई चाबी बुझाएपछि विदेश काम गर्न जान भिसा माग्ने बताए । नेपालमा उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै व्यवसायीहरुले बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था आएको बताएका छन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?