साझा कथा । मौद्रिक नीतिको अर्धबार्षिक समीक्षापछि बढ्ने अनुमान गरिएको शेयर बजारमा अपेक्षा विपरित उच्च गिरावट आएको छ । आइतबार नेप्से सूचक झण्डै ३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गरेको थियो ।लगानीकर्ताले राखेका मागहरुका सम्बन्धमा उक्त समीक्षामा सम्बोधन नभएपछि लगानीकर्ताहरु निराश देखिएका छन् ।
आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ । आइतबार नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा झरेको छ । यस दिन ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
तपाईलाई केहि भन्नु छ ?