साझा कथा । आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबले आज राजधानीमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । रेडियो र शान्ति भन्ने नारासहित यस वर्ष विश्व रेडियो दिवस मनाइँदै छ ।
यसैबीच उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन् । सोमवार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने बताए ।
सामुदायिक रेडियोहरु पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै मन्त्री पौडेलले सामुदायिक रेडियोहरुको नविकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमुलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे ।
रेडियोहरुको गति तिब्र रुपमा अघि बढ्न जरुरी रहेको बताउँदै उनले नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पु¥याउन सक्नुपर्ने बताए । विगतका शान्तिप्रक्रिया र द्वन्द्व घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको उनको भनाई थियो । अर्थमन्त्री पौडेलले सामाुदायिक रेडियोको भुमिका प्रशंसनीय रहेको समेत बताए ।