सुखद् नतिजाका लागि नेपाली टोली तयार छ: कप्तान पौडेल

साझा कथा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच हुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता शुरु हुनुपूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन् । एक साता अघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भएपनि घुलमिल सहजै भएको समेत बताए ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । सिरिजको पहिलो खेल फेब्रुअरी १४ मा नेपालले नामिबियासँग खेल्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ भने फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?