सडक खन्दा पत्ता लाग्यो गुफा, गुफाभित्र कलात्मक आकृति

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

साझा कथा । काभ्रेको नमोवुद्ध नगरपालिकामा ग्रामीण सडक खन्दा गुफा फेला परेको छ । भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि अहिले अवलोकन गर्न आउनेको घुइँचोे लागेको छ । नमोबुद्ध नगरपालिका–९ दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो ।

गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिएपछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय जाने गरेका छन् । वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिए । “धेरै पटक भित्र गएर हेरेको छु”, उनले भने, “त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ ।”

वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गा फेला पारेको बताए । “करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो” उनले भने, “सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा पछि हेर्न आउनेहरुले त्यो ढुङ्गा लिएर गएछन् ।”

भित्र मिलेर बस्दा आठ/दसजना अटाउने ठाउँ रहेको लामाले बताए । वडा नं ९ का हरेराम श्रेष्ठले त्यहाँ भएका कलात्मक वस्तु हेर्न आउनेहरुले केही मूर्ति घरमा लगेर पूजा गरेको भन्ने कुरा पनि सुन्नमा आएकाले त्यसको संरक्षणका लागि आफूहरु जुटेको जानकारी दिए । गुफाभित्र टल्किरहेको आकृतिमा धूप बत्ती बालेर पूजा गर्नेको भीड बढेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?