साझा कथा । केहि दिनयता निरन्तर ओरालो लागिरहेको शेयर बजार मंगलबार फेरि घटेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.४० अंक घटेर २१०५.४६ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २५५ स्टकको ३६ हजार ८८० पटकको कारोबारमा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको ४६ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
मंगलबार युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशत बढेको छ । त्यसैगरी, राप्तीभेरी हाइड्रोको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ५.०७ प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।