राष्ट्रपति चयनमा विदेशीहरु खेलिरहेका छन्ः केसी

साझा कथा । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालको राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले देखिने गरी भुमिका खेलेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले शक्ति राष्ट्रहरुले आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपति चयनका लागि दवाव र प्रभाव दिने काम गरिरहेको बताए ।

शक्ति राष्ट्रहरुको चलखेलका कारण नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दख्खल भइरहेको केसीको भनाई छ । उनले विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा नेपालका शीर्ष नेता र सरकार प्रमुखहरु लम्पसार परेर आफ्नो दुनो सोझ्याउने काममा तल्लीन रहेको समेत बताए ।

भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको केसीको भनाई छ । भुगोलको हिसावले राष्ट्र सानो, ठूलो भएपनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो नहुने उनको भनाई थियो ।

सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताउनु भयो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?