साझा कथा । दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले स्कटल्याण्डमाथि शानदार जीत हात पारेको छ । स्कटल्याण्डले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल तीन विकेटले विजयी भएको हो । नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।
नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । यस्तै, कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।
नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा हराएको थियो ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदान माइकल लिस्को शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनाएको थियो ।
खराब सुरुवात भएपनि सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्तिमसम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए ।