नेपालको “जीत ह्याट्रिक”

साझा कथा । त्रिवि किक्रेट मैदान काठमाडौंमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गतका तीन खेलमा नेपालले लगातार जीत निकालेको छ । आज शनिबार नामिबियालाई ३ विकेटले हराउँदै नेपालले जीतको ह्याट्रिक गरेको हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले ३ विकेट बाँकी हुँदै पूरा गरेको थियो ।

नेपालको जितमा ब्याटिङतर्फ ज्ञानेन्द्र मल्ल, आसिफ सेख र कुशल मल्लले अर्धशतक पूरा गरे । खेलमा नेपालका लागि ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए ।

आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । यो एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?