Ad Banner

‘हाम्रो पे’ को उत्कृष्ट सुरुवात

साझा कथा । लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सुरुवात गरेको नयाँ डिजिटल वालेट ‘हाम्रो पे’ ले राम्रो बजार पाएको छ । फागुन ५ गते (शुक्रबार) हाम्रोपात्रो इंकले डिजिटल वालेट सार्वजनिक गरेको थियो । सार्वजनिक भएको २४ घण्टाभित्रै ‘हाम्रो पे’ मा ११ हजार भन्दा बढी ग्राहक जोडिएका छन् ।

कम्पनीका संस्थापक तथा सीईओ शंकर उप्रेतीले आफ्नो डिजिटल वालेट सेवाको उत्कृष्ट सुरुवात भएको बताए । प्रारम्भिक रुझान हेर्दा उत्साह जगाउने खालको भएको उप्रेतीको भनाई छ । आफूहरूले सोचेको भन्दा धेरै प्रयोगकर्ताले एकैपटक अकाउन्ट क्रियट गर्न खोज्दा केवाईसी भेरिफिकेसनको काममा भने केही ढिलाई भएको उनले बताएका छन् ।

प्रयोगकर्ताले गुगल प्ले स्टोर र एप्पल आईओएस एपस्टोरबाट हाम्रोपात्रो एप अपडेट गरी त्यसैबाट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसको छुट्टै मोबाइल एप भने हुने छैन । यसै वर्ष १२ वर्ष पूरा गरेको हाम्रोपात्रोका एक करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

यो पढ्नु भयो ?