प्रजातन्त्र पुनर्वहालीपछिका पहिलो स्वास्थ्यमन्त्रीको निधन

साझा कथा । मानव अधिकार आन्दोलनका अगुवा तथा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका श्रेष्ठको ८८ वर्षको उमेरमा सोमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनकाका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकहरुले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्वहालीपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए । उनका छ छोरा र एक छोरी छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?