साझा कथा । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।
आफ्नो चरित्र हत्या गरेको भन्दै गायक प्रमोद खरेल, महेशचन्द्र आचार्य लगायतले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाउन लागिएको छ । रेग्मीले पछिल्लो समय केहि कलाकारविरुद्ध सामाजिक सञ्जालमा श्रृंखलाबद्ध रुपमा लेख्दै आएका छन् । उनी आफैँ पनि कलाकार हुन् ।
उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक गायिकासँग उनको विवाद देखिएको छ ।
पछिल्लो समय थाइल्याण्डमा रहेका रेग्मीले सामाजिक सञ्जालबाटै आफूहरुलाई लाञ्छना लगाउने गरेको आरोप उजुरीकर्ताको गुनासो छ ।