साझा कथा । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो । चिनियाँ पक्षले काम शुरु नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरु गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।
चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताए । मुख्य लेनको २५/२५ मिटर बाहिर सडकको दुबैतर्फ छ÷छ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो । आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ ।
चक्रपथको पहिलो खण्डका रुपमा सरकारले कोटेश्वर–कलङ्की खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो । सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन । दोस्रोचरणको विस्तारको तयारी सुरु भएको तीन वर्ष वित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन ।