Ad Banner

सांसद भण्डारीको स्वास्थ्य तीव्र रुपमा सुधार हुँदै

साझा कथा । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा तीव्र रुपमा सुधार आउदैँछ । अहिले भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु गरिएको छ । उपचार समन्वयमासँगै रहेका कांग्रेस नेता योगराज कँडेलले हिजोसम्म पाइपबाट खुवाउने गरेकोमा आजबाट मुखबाटै खाना खुवाउन सुरु गरिएको जानकारी दिएका छन् ।

कँडेलले प्रेसर मास्क अक्सीजन ५ लिटरमा झारिएको र सबै पारामिटरहरु नर्मल रहेको पनि बताए । फागुन ३ गते राति निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै उनीहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । तर, नेता भण्डारीको उपचार नेपालमा सम्भव नभएपछि फागुन ४ गते भारतस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । उता, आमा हरिकलाको भने उपचारका क्रममा निधन भएको थियो ।

यो पढ्नु भयो ?