अब सार्वजनिक विदाको दिन पनि अत्यावश्यक कार्यालय खुल्ने

साझा कथा । आम नागरिकलाई समस्या भएको भन्दै अब सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले बताए । बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिनेछ । तर, कस्तो सुविधा उपलब्ध गराउने भन्ने बारेमा भने कुनै निर्णय नभएको बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालय कुनकुन हुन् भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?