Ad Banner

प्रभु ग्रुपकी उच्च कर्मचारीले ठगिन् आफ्नै बाबु, बुबाले लेखे प्रधानमन्त्रीलाई भावुक पत्र

साझा कथा । काठमाडौं महानगर ४ धुम्बाराही बस्ने सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई भावुक पत्र लेखेका छन् । न्यायको याचना गर्दै उनले आफ्नो पत्र प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन् ।

८१ वर्षीय सर्वजीतले आफ्नी तीन छोरीमध्ये कान्छी छोरी कुसुम लामा तामाङको नाममा आफूले किनेको घरजग्गा थाहै नदिई छोरीले बेचेको जनाएका छन् । पत्रमा उनले आफू एक्लो र अलपत्र परेको जनाएका छन् । प्रधानमन्त्रीलाई दिएको पत्रमा आफ्नी छोरी कुसुम प्रभु ग्रुपअन्तर्गत उच्च पदमा कार्यरत रहेको पनि उनले उल्लेख गरेका छन् ।

सर्वजीतले आफू कानून नजान्ने भएको उल्लेख गर्दै आधा दर्जन मुद्दामा जकेडिएको जनाएका छन् । उनले आफूसँग मर्नु वा न्याय माग्नेबाहेक अरू कुनै बाटो नभएको जनाएका छन् । छोरीले एकलौटी ढंगले आफ्नो घरजग्गा बेच्न नपाउने र सो घरको भाडासमेत आफूले पाउनुपर्ने उनको पत्रमा उल्लेख छ ।

सर्वजीतले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई पनि पत्र लेखेको जनाएका छन् ।

हेर्नुहोस् सर्वजीतको पत्र:

file:///C:/Users/admin/Downloads/pm-letter-1.pdf

यो पढ्नु भयो ?