एकैपटक पाँच दर्जन सहसचिवको सरुवा

साझा कथा । नयाँ सरकार गठनपछि कर्मचारीहरुको सरुवा बढुवा नौलो विषय होइन तर वर्तमान सरकारले एकैपटक पाँच दर्जन सहसचिवहरुको सरुवा गरेर किर्तिमान बनाएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले एकै पटक ६१ सहसचिवहरुको सरुवा गरेको हो ।

संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएका छन् ।

गृह मन्त्रालयका १० सहसचिव गृहबाट बाहिरिएका छन् भने १० सहसचिवलाई गृहमा भित्र्याइएको छ । हालै बढूवा भएर पदस्थापन हुन बाँकी १० सहसचिवहरुलाई प्रदेशतिर खटाइएको छ ।

यसमा अलवा अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अलवा प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ ।

मन्त्रीपरिषदका निर्णय क्याबिनेट बैठकको केहि दिनपछि सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक गर्ने गर्छिन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?