जसपाकी सांसद रहमानको निधन

साझा कथा । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ । झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

२०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् ।
शुक्रबार भक्तपुरस्थित घ्याम्पेडाँडामा पिकनिक कार्यक्रममा पुगेको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई मध्यपुर अस्पताल भर्ना गरिएको थियो । अस्पतालले आज शनिबार मृत घोषणा गरेको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?