बालेन शाहले राजीनामा दिने ? “पार्टीभन्दा माथि देश छ”

साझा कथा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई राजीनामा दिन दबाब आएको छ । मेयर शाह आफैँले फेसबुक स्टाटस लेख्दै आफूलाई राजीनामा दिन भनिएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, “मलाई आज राजीनामा दिन लगाउँदैछन् । यो देश कहिल्यै बन्दैन ।” राजीनामा दिन लगाउन खोज्ने तत्व र व्यक्ति को हो भन्ने उनले प्रष्ट खुलाएका छैनन् ।

बालेन शाहको स्टाटस आएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आक्रोश पोखेका छन् । काम गर्छु भनेर आउने मान्छेलाई किन तनाब दिइदैछ भन्दै उनले प्रश्न पनि गरेका छन् । पार्टीभन्दा माथि देश छ भन्ने हेक्का राख्न उनले राजनैतिक दलका कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?