“प्रचण्ड हातमा चक्कु लिएर बसेका थिए, तर फूल हो भने”

साझा कथा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन् । अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री प्रचण्ड अन्यत्रै गएको भन्दै व्यंग्य गरे ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गरे । बालुवाटार र बालकोटमा पटकपटक भएका भेटवार्तातर्फ संकेत गर्दै ओलीले प्रचण्डले हातमा चक्कु लिएर बसेको तर त्यसलाई चक्कु होइन फूल हो भनेर आफूलाई आश्वस्त पार्न खोजेको बताए । आँखाले चक्कु देखेपनि फूल हो भनेपछि आफूले पनि फूल नै होला भनेर विश्वास गरेको तर अन्तिममा आँखा नै सत्य भएको भन्दै उनले व्यंग्य कसे । प्रचण्डले धोकाको राजनीति मात्रै जानेको उल्लेख गर्दै ओलीले प्रचण्डले धेरैलाई छक्याएको आरोप लगाए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको, धोका दिएको समेत बताए । प्रधानमन्त्री प्रचण्डले सहिद, घाईते परिवारसमेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि ओलीको कथन थियो । प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाउँदै ओलीले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा, देश र जनताको पक्षमा काम गर्न आफू र आफ्नो पार्टी खेदिएको दोहो¥याए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?