साझा कथा । राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिसम्म केहि स्थानमा पानी पर्न सक्ने जनाएको छ । काठमाडौंमा मनसुन बाहिरिएपछि पहिलो पटक पानी परेको छ । पाँच महिनापछि बर्षा भएपछि मानिसहरु हिउँदे बर्षाको मजा लिइरहेका छन् ।
पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार आइतबार साँझपखबाट बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।
कास्की, भक्तपुरको नगरकोट, म्याग्दी लगायतका स्थानमा असिना पनि परेको छ ।
तपाईलाई केहि भन्नु छ ?