रिहा भए पल शाह, अभियोग दाबी पुगेन

साझा कथा । उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । यो सँगै आवश्यक प्रक्रिया पुरा गरी पल शाह रिहा हुँदैछन् । उनी भोली रिहा हुने बताइएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो । अभियोग दाबी नपुगेको भन्दै अदालतले सफाइ दिने फैसला सुनाएको हो ।

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

पल शाहमाथि एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेको थियो । जिल्ला अदालत तनहुँले भने उनलाई यसअघि नै सफाइ दिइसकेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?