Ad Banner

पल शाह छुटेसँगै सन्दीपलाई पनि मिल्यो न्याय

साझा कथा । कलाकार पल शाह थुनामुक्त भएकै दिन सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पनि धरौटीमा छाड्ने आदेश सदर गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । अदालतले उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो । उता, तनहुँ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले हिजो सफाइ दिएको थियो । शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन् ।

यो पढ्नु भयो ?