साझा कथा । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै जित निकालेको छ ।
नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । यूएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालको जितमा आकाश त्रिपाठीले सर्वाधिक ५८ रन बनाए । यस्तै उत्तम थापाले अविजित ३९ र अर्जुन कुमाल १६ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६र३ ओभरमा सवै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाए । मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा खेल्ने मौका पाउनेछन् ।